banner

प्रवास

कोरोनाबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु

काठमाडौं, ५ पुस । कोरोना भाइरस (कोभिड १९)  को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ ।

ती मध्ये  ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  यो कुल संक्रमितको ९४  प्रतिशत रहेको हो ।

शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३ सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार,  युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख ५३ हजार १ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने ती मध्ये २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर  ९५ दशमलव ८ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ७ सय ७७ जनाको ज्यान गएको छ ।

 

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.