banner

विचार

खड्गप्रसादको ‘हत्यारा’ प्रवृतीको निरन्तरता

आज सम्म आइपुग्दा धेरै व्यवस्था परिवर्तन भए । जहानीया राणा शासन, पञ्चायत राजादेखि आजको गणतन्त्रसम्म तर पद्धतिको भन्दा पनि बढी प्रवृत्तिका कारणले नेपाली जनता सधै ओझेलमा परिरहेका छन् ।

अहिलेको दलाल पुँजीपती हरूको संसदीय व्यवस्थामा पनि पद्धति भन्दापनि प्रवृत्ति गलत देखिन्छ ।हिजो राजकीय दरबारमा गएर भेटी चढाउने प्रवृतिका व्यक्ति जुन गणतन्त्रको सबैभन्दा बढी विरोधी आज आएर गणतन्त्रकै रक्षक देशको कार्यकारी भएर सत्ताको उन्माद लगाइरहेका छन् । आजपनि पद्धति होइन खड्ग प्रसाद प्रवृत्ति नै हाबी छ । २०२७ साल देखि २०७७ सालसम्म आइपुग्दा जोक्करमा परिणत भइसकेका छन्। खड्ग प्रसादको राजनीतिको सुरुवात २०२८ सालमा झापा काण्डबाट चुलियो । २०२८ सालमा खड्कप्रसाद ओली रामनाथ दाहालको कामदार थिए । २०२८ साल जेठ ३ गते झापाका कर्ण बहादुर लाई मारीयो । सँगै झापाका १३ जना निर्दोष किसान हरुको पनि हत्या गरियो २०२९ साल बैशाख २६ गते सामान्य परिवारका व्यक्ति सबिश्रिरे वडा नं ६ का वडाध्यक्षको बटुन चौधरीको विबत्स तरिकाले हत्या गरियो ।

बाटुन चौधरीको हत्या पश्चात ईश्वरी लाई खुकुरीले काटेर हत्या गरियो यसपश्चात काकरभिट्टा तिर कर्णबहादुर गौतम धन बहादुर बस्नेत जस्ता समाजसेवीहरूलाई पनि मारिए । शनिश्चरेमा भुई-कटहरको कारखाना खोलेर आफ्नो व्यवसायिक गरिरहेका धर्म ढकाललाई राति खाना खाइरहेको बेला घाँटी रेटी हत्या गरियो । बटुन चौधरीको हत्याको अभियोगमा खड्ग प्रसाद ओली सहित केही वव्यक्तिहरु २०३० साल चैत २३ गते अदालतले हत्याको कसुरमा खड्गप्रसाद ओली लगायतका व्यक्तिहरुलाई दण्ड सुनायो र जेल चलान गर्यो ।

जति पनि झापामा हत्या गरियो त्यो खड्ग प्रसाद ओली सहितको झापा काण्ड विगतको आपराधिक इतिहास हो । २०४४ सालमा खड्कप्रसाद ओली १४ वर्ष जेल जीवन बिताएर कैद मुक्त भए र २०४४ साल नै मालेको केन्द्रीय सदस्य पाए का ओली २०४६ सालमा लुम्बिनी अञ्चलको मालेको प्रमुख बने । २०४७ मा युवासंघ को अध्यक्ष बने र २०४९ मा एमालेको स्थायी कमिटी सदस्यमा निर्वाचित भए २०४८ मा झापाबाट निर्वाचित भएका ओली २०५१ मा सोही क्षेत्रबाट पुनः निर्वाचित भए । नौ महिना कम्युनिस्ट सरकारको गृहमन्त्री बने । २०५२ साल माघ ३० गते भारतको राजधानी दिल्लीमा दुई देशबीचमा महाकाली सन्धि गरियो । सो सन्धि शेरबहादुर देउबाको सरकारको बेला भएको थियो । महाकाली सन्धी अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद एमालेमा निकै चुलियो र मतदान मा गयो । सो सन्धी अनुमोदन गर्नु पर्छ भन्ने पक्षमा मतदान गर्ने एक केन्द्रविन्दु पात्र हुन् खड्ग प्रसाद ओली र बहुमतले पास भयो तर मनमोहन अधिकारी वामदेव गौतम जस्ता नेताहरु विपक्षमा नै उभिए सत्ताको स्वाद चाखिसकेका खड्गप्रसाद ओली २०६२/६३ को जनआन्दोलन लगत्तै बनेको गिरिजाप्रसाद कोइराल नेतृत्वको अन्तरिम सरकारको उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने ।

२०७० सालमा झापाबाटै निर्वाचित खड्कप्रसाद ओली २०७२ असोज ९ राष्ट्रिय महाधिवेशनबाट माधव कुमार नेपाललाई पराजित गर्दै नेकपा एमालेको अध्यक्षमा निर्वाचित भई पहिलो पटक २०७२ मै प्रधानमन्त्री बने । २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपश्चात झण्डै दुई तिहाईको बहुमत सङ्गै फेरि ४१ औं प्रधानमन्त्रीको रुपमा दोस्रोपटक खड्कप्रसाद ओली प्रधानमन्त्री बने २०७७ साल सम्म आइपुग्दा खड्कप्रसाद सदनमा र पार्टीमा अल्पमत मा परेपछि २०७७ पुस ५ गते संसदको नै हत्या गरिदिए र २०७७ साल फफागुन१३ गते पुनर्स्थापना भएपनि खड्ग प्रसाद अझैपनि प्रधानमन्त्रीको कुर्सीमा लिप्त छन ।

लुइस १४ औं झैं म नै राज्य हुँ मैले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका खड्कप्रसाद ओली हिजो बटुन चौधरी धर्म ढकाल र निर्दोष किसान को घाँटी रेटी १४ वर्ष जेल बसेका हुन नकी कुनै परिवर्तनको आन्दोलनका निम्ति । २०५३ सालमा महाकाली बेचे, २०७७ मा संसद को हत्या गरे र ७० वर्षको अथक प्रयासबाट बनेको संविधान र व्यवस्थाको आज हत्या गर्न खोज्दै छन। हत्यारा प्रवृति र सत्ताका भोगी खड्ग प्रसाद सत्ताको निम्ति जे गर्न पनि तम्सिने जुन प्रवृति छ यो प्रवृतिको अन्त्य नभए सम्म पद्धतिको कुनै तुक छैन ।

लेखक : भैरब आर.सी. अखिल (क्रान्तिकारी) चक्रबर्ती ल कलेजका र्यवाहक अध्यक्ष हुन् ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.