banner

खेलकुद

पोलार्डले हाने ६ बलमा ६ छक्का, वेस्ट इन्डिजको जित

काठमाडौँ । कप्तान काइरन पोलार्ड चम्किँदा घरेलु टिम वेस्ट इन्डिजले पहिलो टी-ट्वान्टीमा श्रीलंकालाई पराजित गरेको छ । वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्न सफल भयो । वेस्ट इन्डिजका लागि कप्तान पोलार्डले सर्वाधिक ३८ रन बनाए । उनले ६ बलमा ६ छक्का प्रहार गरे । खेलको छैटौं ओभरमा स्पिनर अलिका धनञ्जयको ६ बलमा पोलार्डले ६ छक्का प्रहार गरेका हुन् ।

यस्तै, जासन होल्डर २९ रनमा अविजित रहे । इभिन लेविसले २८ रन बनाउँदा लेन्डल सिमोन्सले २६ रनमा आउट भए । बलिङतर्फ श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । वानिन्दु हसरंगाले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । श्रीलंका पथम निसान्कांले सर्वाधिक ३९ रन बनाए । यस्तै, निरोशन डिक्वेलाले ३३, दीनेश चान्डिमल ११ र वानिन्दु हसरंगा १२ रनमा आउट भए । बलिङतर्फ वेस्टइन्डिजका ओबेद म्याकोय सर्वाधिक २ विकेट लिए । ड्वेन ब्राभो, फिडेल एडवार्डस, जेसन होल्डर, फबियन एलेन र केविन सिन्क्लेयरले १(१ विकेट लिए ।

योसँगै तीन टि२० आई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । दोस्रो टि२० खेल शनिवार हुने छ ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.