banner

आर्थिक

रिचार्जरको क्रिसमस अफरः ७ हजार ८ सयको मासिक किस्तामा आइफोन १२

काठमाडौं, ८ पुस । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहकले तत्काल आइफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आइफोन खरिद गर्न सक्ने छन् ।

गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।

त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउन्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.