banner

खेलकुद

रोनाल्डोको गोल तर, रोकियो युभेन्ट्स

काठमाडौँ । इटालियन सिरी ‘ए’मा युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१को बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काउँदै अंक खोस्न सफल भए ।

बराबरीसँगै युभेन्ट्स २३ खेलमा ४६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भेरोना ३५ अंक जोडेर नवौं स्थानमा छ ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.