banner

प्रवास

विदेशमा कोरोना संक्रमण निको हुने नेपालीको संख्या बढ्दो

काठमाडौं,१२ पुष । विदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट   संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको  छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कोरोनाको संक्रमणमा परेका मध्ये  ९४ दशमलव ५ प्रतिशत नेपाली  कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको  स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये  ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति  भएको  छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन  भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय छ भने  २ लाख ४९ हजार १ सय ३२ जना अर्थात ९६।७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन् ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.