banner

आर्थिक

सेयर बजारमा हरियाली, ११ मिनेटमै नेप्से ३ प्रतिशतमाथिले बढ्यो

काठमाडौ,७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको तेस्रो दिन नै सेयर बजारमा भने हरियाली देखिएको छ । आइतबार संसद् विघटनसँगै ९६ अंकको गिरवट आएको सेयर बजारमा सोमबार दिनभर उतारचढावबीच ३० अंकको वृद्धि भएको थियो ।

आज मंगलबार प्रि-ओपन सेसनबाटै हरीयाली देखिएको बजारमा ११ बजेर ११ मिनेटमा नेप्से परिसूचक ६१.२१ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा २०२७.१७ अंकमा पुगेको छ ।

यस अवधिमा १२४ कम्पनीको ४ लाख ३६ हजमार ५०६ कित्ता सेयर किनबेच हुँदा २९ करोड २२ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । म्युचुअल फन्डबाहेक सबै समुहको उपसूचक हरीयाली देखिँदा अन्य र बैंकिङ समूहको सूचक ३ प्रतिशत माथिले बढेको छ ।

कारोबारमा आएकोमध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको घट्दा अन्यको स्थिर छ ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.