banner

आर्थिक

‘ह्वावे आईसीटी अवार्ड २०२०’: विभिन्न १२ बिधामा सम्मान, विजेताहरुलाई सहुलियत ऋण सुविधा प्रदान

काठमाडौं,१३ पुस । ‘ह्वावे आईसीटी अवार्ड २०२०’ सम्पन्न भएको छ ।  यस अवार्डले १२ विभिन्न बिधाहरूमा विजेताहरूलाई सम्मान गरेको थियो ।

कार्यक्रममा संचारमन्त्री पार्वत गुरुङले रणनीति र फ्रेमवर्क बनाएर सवै क्षेत्र मिलेर आईसीटी क्षेत्र निर्माण र बृद्धि गर्न आवश्यक रहेको बताए । उनले प्राबिधिक विज्ञहरूको सूची तयार गरेर सरकार प्रविधि विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन चाहेको पनि बताए ।

त्यसैगरी कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले नेपाल सरकारले डिजिटल नेपालको फ्रेमवर्क पास गरिसकेको र आईसीटी अवार्डजस्ता कार्यक्रम सो लक्ष्यसम्म पुग्न एक राम्रो प्लेटफर्म बनेको बताए ।

ह्वावे आईसीटी अवार्ड २०२० ले यस बर्ष ३५० भन्दा बढी अनलाइन नामांकन प्राप्त गरेको थियो साथै निर्णायक सल्लाहकारहरूबाट पनि नामांकन प्राप्त गरेको थियो । ह्वावे आईसीटी अवार्ड २०२० मा १४ जूरी सदस्यहरू र बराबरीको निर्णायक सल्लाहकारहरू थिए ।

ह्वावे आईसीटी अवार्ड २०२० को विभिन्न बिधाहरू मध्ये स्टार्टअप आईसीटी अवार्ड्स, प्रोडक्ट आईसीटी अवार्ड्स, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इनोभेसन आईसीटी अवार्डमा चयन भएपछि घोषणा गरिएको थियो ।

डिजिटल एजुकेशन, डिजिटल गवर्नेन्स आईसीटी अवार्ड्स पायनियर आईसीटी अवार्ड, उद्यमी आईसीटी अवार्ड्स, नेपाली डायस्पोरा आईसीटी अवार्ड, महिला आइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड २०२० का विजेताहरु पनि घोषणा गरिएको थियो ।

जूरी संयोजक सुशील पोखरेलले चयन प्रक्रिया निस्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग नेपालमा यो पहिलो पटक भएको र यो सबैका लागि अनुकरणीय भएको बताए ।

विभिन्न बिधाहरूका लागि विजेताहरू
पुरस्कारको नाम                            पुरस्कार विजेता
स्टार्टअप आईसीटी अवार्ड                 क्रीप्टोजेन नेपाल प्रा.लि.
प्रोडक्ट आईसीटी अवार्ड                   सीपीएफडीएस एण्ड केवाइसी व्यवस्थापन
राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड        सन्चै छौ
एनसेल इनोभेशन आईसीटी अवार्ड      पाइला इमर्जेन्सि रीससिटेटर
डिजिटल एजुकेसन अवार्ड                 बुढानीलकण्ठ स्कूल
डिजिटल गवर्नेन्स आईसीटी अवार्ड      आन्तरिक राजस्व विभाग
पाइनियर आईसीटी अवार्ड                 नीलकण्ठ उप्रेती
उद्यमी आईसीटी अवार्ड                     विनय बोहरा
नेपाली डायस्पोरा आईसीटी अवार्ड      गौरवराज उपाध्याय
महिला आइकन आईसीटी अवार्ड        तिमिला यामी थापा
मिडिया पर्सन आईसीटी अवार्ड           किरण आचार्य
जूरी मेन्सन आईसीटी अवार्ड              हाम्रो स्वास्थ्य

क्राइप्टोजेन नेपालले धेरै कम्पनीहरूमा साइबर सुरक्षा सुसज्जित गरी सूचना सुरक्षामा काम गरेर स्टार्टअप आईसीटी अवार्ड जितेको हो । सीपीएफडीएसले एन्टि मनी लाउन्डरिङ्ग सोलुसनको लागि प्रोडक्ट आईसीटी पुरस्कारको शीर्षक हात पारेको थियो ।

नेपालमा १८ वटा बैंकिङ्ग र वित्तीय संस्थाले यो सोलुसन प्रयोग गर्दै आएको थियो । ‘सन्चै छौ’ले दैनिक जीवनशैली सुधार्न स्वास्थ्य परामर्श सम्बन्धी अनुप्रयोग विकास गरेर राइजिङ स्टुडेन्ट अवार्ड जीतेको थियो । पाइला इमर्जेन्सी रीससिटेटरलाई कोभिड–१९ को अव्यवस्थाको क्रममा अस्पतालहरूमा क्रिटिकल भ्यान्टिलेटरहरू प्रदान गरेर नेपाली बजारमा इनोभेसन ल्याएकोले एनसेल इनोभेसन ड्रिभेन क्राइसिस रेस्पोन्स अवार्ड प्रदान गरिएको थियो ।

यस वर्ष वुमन आईसीटी अवार्ड एक नयाँ थपिएको बिधा थियो जुन प्राध्यापक तिमिला यामी थापालाई प्रदान गरिएको थियो । उहाँले सरकारलाई शिक्षामा लगानी गर्न र ऋण दिन अनुरोध गर्नुभयो र आईसीटीको महत्वमा पनि ध्यान केन्द्रित गरी रु. १ को लगानीले करोडौंको आम्दानी हुने बताउनुभयो ।

ह्वावे नेपालका सीईओ विलियम झाङ्गले ह्वावे विश्वको अग्रणी टेक कम्पनी भएर आईसीटी क्षेत्रमा सबैभन्दा राम्राको सम्मान गर्न र नेपालको टेक क्षेत्रलाई सुदृढ गर्न पाउँदा खुसी लागेको बताए । उनले विश्वका विभिन्न देशहरूमा आईसीटी क्षेत्र विकास गर्दाकोे ह्वावेको अनुभव पनि व्यक्त गरे । उनले आईसीटी सरोकारवालाहरुसँग नेपालमा डिजिटल ल्याउने र डिजिटल संसारबाट नेपालमा सबैलाई फाइदा पु¥याउने ह्वावे नेपालको प्रतिबद्धता व्यक्त गरे ।

ह्वावे आईसीटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, शिल्ड प्राप्त गरेका छन् । यस बर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिंग स्टुडेन्ट आईसीटी अवार्ड र इनोभेशन ड्रीभेन क्राइसिस रेस्पन्स आईसीटी अवार्ड २०२० को विजेतालाई नेपाल सरकारको स्टार्टअप कोषअन्तर्गत रु. ५० लाखको सहुलियत ऋण सुविधा प्रदान गरिने छ ।

बैंकिङ्ग साझेदार राष्ट्रिय बाणिज्य बैंकले रु.१० लाखसम्म अनाधिकृत सहुलियत ऋण सुविधा प्रदान गर्नेछ । इनोभेशन ड्रीभेन क्राइसिस रेस्पोन्स आईसीटी अवार्डका विजेताले एनसेल मार्फत विशेष नगद पुरस्कार तीन लाख प्राप्त गर्नेछन् ।

एसोसिएशनमा रहेको नेपाल टेलिकमले एक बर्षकालागि सबै विजेताहरूलाई उच्च स्पीडको ‘फाइबर टु द होम’ सेवा प्रदान गर्ने छ । ह्वावे नेपाल–शीर्ष प्रायोजकले टप ५लाई निःशुल्क क्लाउड सेवाहरु प्रदान गर्नेछ र जेनेस सोलुसन्सले पाँच हजार डलर मूल्यको अमेजन वेब होस्टिङ्ग सेवा विजेताहरुलाई प्रदान गर्नेछ ।

ई–सेवाले उनीहरूको व्यवसाय एकीकरण र प्रमोशनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सुरक्षा पार्टनर एमिनेन्स वाइजले साइबर सुरक्षाको लागि आवश्यक सर्पोट प्याकेजहरू प्रदान गर्नेछ । थप रूपमा विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछ ।

Comments

comments

 

सोसल मिडिया

सम्पर्क

Taja Bahas Pvt. Ltd.

Lazimpat, Kathmandu, Nepal

weeklytajabahas@gmail.com

+977-9840403551

 

विज्ञापनका लागि

+977-9840403551

फेसबुक

CopyRight @ 2021 Taja Bahas. All Right Reserved.